साहित्य

भीम कोइरालाको उपन्यास “विराटपर्व” लोकार्पण

विराटनगरलाई कर्मथलो बनाएका उपन्यासकार भीम कोइरालाद्वारा लिखित महाभारत कथामा आधारित उपन्यास “विराटपर्व” को एक समारोहका बीच लोकार्पण गरिएको छ ।

भाद्र २६ गते शनिबार विराट साहित्य सङ्गमको आयोजनामा प्राज्ञ विवश पोखरेल, विराट साहित्य सङ्गम विराटनगरका अध्यक्ष ऋतु आसीक, पूर्व न्यायाधीश एवं साहित्यकार भीमेन्द्र कार्की, साहित्यकारहरु देवी पन्थी, दिनेश श्रेष्ठ, मधु पोखरेल, सरला चापागाईँ, मान बज्राचार्य, गोपाल निर्भिकले एक समारोहका बीच संयुक्तरुपमा लोकार्पण गर्नुभयो ।

समारोहमा उपन्यासका बारेमा हरि बराल, रामबाबु दाहाल र दिनेश श्रेष्ठ लगायतका विद्धान स्रष्टाहरुले टिप्पणी गर्नुभएको थियो । साहित्यकार हरि बरालले उपन्यास विराटपर्वका विषयमा टिप्पणी गर्दै “कोइराला मोफसलमा बसेर कलम चलाउने एक सफल उपन्यासकार हुन् भन्दै हिन्दु धर्मको सांस्कृतिक बिरासतको रुपमा रहेको विश्वकै महान ग्रन्थ महाभारत कथामा आधारित भएर लेखिएको यो पहिलो उपन्यास हो भन्नुभयो। अति सरल र मीठो भाषा शैलीमा लेखिएको यो कृतिलाई एउटा उत्कृष्ट औपन्यासिक कृतिको कोटीमा राख्न सकिन्छ” भन्नुभयो ।

अर्का टिप्पणीकार रामबाबु दाहालले “उपन्यासले वर्तमान नेपालको भूमि पनि महाभारत कालसम्म जोडिएको र हाम्रा आध्यात्मिक रामायण, महाभारत आदि ग्रन्थहरुमा उल्लेख गरिएका भगवान राम, तथा पाँच पाण्डवहरु वनबासको क्रममा नेपाल भूमिमा पनि रहेका दाबी गरेका छन।

उपन्यासमा कोइरालाले पाँच पाण्डवहरुलाई सुनसरी, झापा, मोरंग धनकुटा उदयपुर आदि स्थानहरुमा रहेका आध्यात्मिक स्थलहरुको भ्रमण गराई सांस्कृतिक राष्ट्र्वादको विगुल फुकेको बताए।

हेटान, महारानी देवलदेवी, उत्कर्ष–अवसान जस्ता उत्कृष्ट उपन्यास यस अघि नै लेखिसकेका सर्जक कोइरालालाई मोफसलमा बसेर लेख्ने एक सफल उपन्यासकारको रुपमा लिन सकिने सो अवसरमा लिन सकिन्छ” भन्नुभयो ।

अर्का टिप्पणीकार विद्धान समालोचक दिनेश श्रेष्ठले राजधानी बाहिर बसेर पनि राम्रा उपन्यास लेख्न सक्ने कोइराला सफल उपन्यासकार हुन् । त्यसमा पनि यो विराटपर्व उपन्यासले त आञ्चालिकता मात्र नसमेटेर सांस्कृतिक विरासतलाईसमेत नेपालको भूमिसंग जोड्ने प्रयास गरेको छ, भन्नुभयो ।

प्राज्ञ विवश पोखरेलले उपन्यासकार कोइराला चालीसको दशकदेखि कै साहित्यिक साधनाका मेरा मित्र हुन् र यो सम्बन्ध अहिलेसम्म निरन्तर रहेको छ, भन्नुभयो । अबका दिनमा अझ उत्कृष्ट रचना कोइरालाले दिने आशा गर्नुहुँदै शुभकामना दिनुभयो । प्राध्यापक देवी पन्थीले मोफसलमा बसेर जतिनै राम्रा कृति लेखे पनि राजधानीको नजरमा कहिल्यै नपर्ने हुँदा भीम कोइराला जस्ता सफल उपन्यासकार पनि उपेक्षित भैरहन्छन् भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.