प्रबास

बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा आरती प्रधान

पछिल्लो समय विश्वमा आफ्नो सीप क्षमतालाई प्रयोग गर्दै जन्मभूमिको नाम राख्नमा नेपाली निकै नै अग्रसर छन् । यस्तैमा पार्नुभएको छ- आरती प्रधान काफ्ले । सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’ का उत्कृष्ट दस प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप पार्ने (डिजाइनर) मा छनोटमा पर्नुभएको छ ।

बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुनुहुन्छ । पहिरन डिजाइनरका रूपमा आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित विधामा उच्च शिक्षा हासिल गर्नुभएको छ ।

बेल्जियमको लिन्त सहरमा भएको फाइनलमा अन्तिम छनोटमा परेका १० जना सुन्दरीले उहाँले डिजाइन गरेका पहिरनमा ‘क्याट वाक’ गरेका थिए । उहाँको डिजाइनको उत्कृष्टताबाट प्रभावित भएर सुन्दरी ग्यान्र्ड बेल्जियमको आयोजक टोलीले फाइनल राउन्डको पहिरन डिजाइनको जिम्मा दिएको थियो । प्रतियोगीहरुको पहिरन देखेर आयोजकलगायत सबै प्रभावित भएका थिए ।

सुन्दरी ग्यान्र्ड बेल्जियम जस्तो ख्यातिप्राप्त प्रतियोगिताको पहिरन डिजाइन गर्ने अवसर मिल्नु नेपाली समुदाय र आफ्नो परिवारका लागि गौरवको विषय भएको उहाँका श्रीमान् अर्जुन काफ्लेले बताउनुभयो । यस पटकको सुन्दरी प्रतियोगिता बेल्जियमको उपाधि भारतको तिब्बेतियन शरणार्थी शिविरमा जन्मिएर बेल्जियम फ्लेमिस बार्बान्टमा बस्ने २० वर्षीय जोम्की तेन्जिनले जितेकी छिन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.