जन सरोकारस्वास्थ्य

डेंगु एक परिचय

अहिले काठमाडौंलगायत देशभरि नै डेंगुको प्रकोप बढीरहेछ । डेंगु भन्ना साथै अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्ने, शरीरको प्रत्येक भाग दुख्ने, यति धेरै दुख्नेकी सहनै नसकिने ।

यो ज्वरो एक प्रकारको भाइरसको संक्रमणबाट हूनेगर्छ । ‘एडिस एजिप्टाई’ भन्ने संक्रमणबाट संक्रमित पोथी लामखुट्टेले टोकपछि यो भाइरस मान्छेमा सर्ने गर्छ ।

के हो डेंगु

यो लामखुट्टेबाट सर्ने भाइरल इन्फेक्सन नै हो । डेंगु संक्रमण हुनासाथ उच्चज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, हड्डीदेखि करकर खाने, छालामा राता राता दाग देखिने जस्ता सक्रमण देखिन्छ । डेंगुको ज्वरोलाईं अंग्रेजीमा व्रेकवोन फिभर (Break bone fever) पनि भन्छन् किनकि डेंगु भएपछि हड्डी भित्रैदेखि ज्वरो आउँछ ।

एडिज समूहको लामखुट्टेले टोकपछि मान्छेलाई डेंगु सर्छ । डेंगुको संक्रमण ल्फेविविरेडे परिवार (Flaviviridae Family) समूहको एउटा भाइरसको सेरो टाईप– डिइ.एन.वि. १, (DENV1) डिइ.एन.वि. २, डिइ.एन.वि. ३ र डिइ.एन.वि. ४ को कारणले हुन्छ । यो भाइरस १० दिनभन्दा बढी जिबित रहन सक्तैन ।

जव डेंगुको ज्वोरोले चाप्तै जान्छ तब विरामीको प्लेटलेट्स घट्तै जान्छ र यो रक्तस्राव ज्वरो अर्थात् डि.एच.एफ. (Dengu Haemorrhagic fever) हुने खतरा बढ्छ, । यहाँसम्म कि अधिक रक्तस्राव भएर ल्वड प्रेसर झ्वाट्टै झरने र विरामीको मृत्युसम्म हुनसक्छ ।

त्यसैले डि.एच.एफ.लाई डेंगु शक (Dengu shock syndrome) पनि भन्छन । धेरै नै गाह्रो भएको खण्डमा विरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्छ तर डेंगुको कुनै विशेष उपचार र औषधि हालसम्म उपलब्ध छैन खाली लक्षण चिनेर मात्र नियन्त्रण गर्नुपर्छ ।

डेंगुको लक्षण

डेंगु हल्का या गम्भिर दूवै हुन सक्छ र यी दुवै अवस्थामा यस्को लक्षण पनि फरक फरक हुन सक्छ । खास गरी बच्चा र युवामा डेंगुको हल्का संक्रमण हुँदा कुनै लक्षण देखिंंदैन । संक्रमित भैसकेर पनि हल्का लक्षण देखिन ४ देखि ७ दिन लाग्छ ।

यस्ता देखिने लक्षण भनेको १०४ डिगीसम्मको ज्वरोको अलावा टाउको दुख्ने, शरको मांसपेशी, हड्डी र जोर्नी दुख्ने, वान्ता आउने, वाकवाकी लाग्ने आँखाको नानी दुख्ने, छालामा राता राता डावर आउने, गला सुन्निने जस्ता लक्षण देखा पर्छन् ।

तर यस्ता लक्षण व्यक्तिब्यक्तिमा फरक हुनसक्छ किनकि यो स्तम्भकार पनि हालै डेंगु संक्रमित भएको हो र स्तम्भकारलाई माथिका लक्षणमध्ये हाड जोर्नी र शरीर दुख्ने छालामा राता डावर देखिने वाहेक अरु केही देखिएन र करिब ८ दिन दुःख पाइयो ।

यस अवधीमा यही प्लेटलेट्स र WBC काउन्ट धेरै घटेन भने डराउनु पर्ने अवस्था हुँदैन । तर डब्लु वि सी. र प्लेटलेट्स मिनिमम लेभलभन्दा तल आयो भने ब्लड भेसल्स (Blood Vessels) क्षति ग्रस्त हुन जान्छ । त्यस्तो अवस्थामा, सहनै नसक्ने गरी पेट दुख्ने, लगातार बान्ता हुने, नाक र गिजाबाट रगत बग्ने, दिसापिसाब र बान्तामा रगत आउने, छालामा भएको रौंको जराबाट रगत निक्लने, सास फेर्न कठिनाई हुने थकान महसुस हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।

डेंगुका जोखिम कारक

डेंगुको संक्रमित हुनसक्ने जोखिम बढाउने विभिन्न कारकतत्व हुन सक्छ । जस्तो डेंगु रोग पैmलिएको क्षेत्रमा बसोबास हुनु । जहाँ एडिज जातीको लामखुट्टेको प्रकोप छ, त्यस क्षेत्रमा बसोबास गर्नेहरुलाई जहाँ संक्रमणको जोखिम निश्चय बढी हुन्छ ।

एकचोटी डेंगु संक्रमण भैसकेकालाई दोस्रो चोटी संक्रमण हुने खतरा बढी हुन्छ, किनकी पहिलो चोटीमै उस्को शरीरमा प्रतिरोधात्मक शक्ति कमभइसकेको हुन्छ । त्यसैगरी प्रतिरोधात्मक शक्ति कम हुने व्यक्तिहरु जस्तो बुढाबुढीहरु, सुगरका विरामी, फोक्सोको विरामी, मुटु रोगीहरु, रगतमा डब्लु बि सि काउन्ट कमहुनेहरु अनि प्लेटलेट्स कमहुनेहरु, यस्ता व्यक्तिहरुमा डेंगु रोगले चाँडै नै संंक्रमण गर्ने गर्छ ।

डेंगु रोगको पहिचान

डेंगु रोगीको पहिचान सामान्य शरिरीक लक्षण र रक्त परिक्षणको आधारमा गरिन्छ । रक्त परिक्षण गरी ऋद्यऋ अर्थात् डब्लु. वि.सी., प्लेटलेट्स काउन्ट गर्नुपर्छ । यस्को काउन्टबाट डेंगु कति गम्भीर भैसक्यो भनेर अनुमान गरिन्छ । त्यसपछि शरीरमा डेंगु सक्रिय छ कि निस्कृय छ भन्नका लागि एन.एस.ज्ञ (ELISA test for denghu NS1) र सिरम आइ.जि.एम. र सिरम आई.जि.जि. जाँच गरिन्छ । यी तीनमध्ये एउटा मात्रै रिएक्टिभ देखियो भने डेंगु भएको मानिन्छ ।

डेंगुको उपचार भनेको खास शरीरलाई रिहाइट्रेड गर्ने मात्र हो । औषधीको रुपमा प्यारा सिटामोल खाने, अनि जति सकेको धेरै झोल पदार्थ र पानी पिउने अनि आराम गर्ने ।

डेंगुबाट वच्ने उपाय

२०१९ को मे महिनामा अमेरिकाको अमेरिकी खाद्य तथा औषधी प्रशासनले ९ वर्ष देखि १६ वर्ष बीचका बच्चाहरुलाई डेनभेक्सिया (Dengvaxia) नामक खोप लगाउन स्वीकृत दिएको थियो तर हाल यो खोप छ कि छैन, खासै यस्को रिर्पोटिंग छैन ।

तर नेपालमा यस्तो कुनै खोप आएकै छैन होला किन कि भारतमा नै अहिलेसम्म डेंगुको खोप नभएको परिप्रेक्ष्यमा नेपालमा होला भनेर कल्पनै गर्न सकिंदैन । त्यसैले हामीकहाँ डेंगुबाट वच्ने मुख्य र एकमात्र तरिका भनेका लामखुट्टेलाई टोक्न नदिनु हो र यस्का लागिआ–आफ्ना सहुलियत र सुविधाअनुसार व्यवस्था मिलाउनु पर्छ ।

हुन त घरेलु औषधीहरु मेवाका पात, वेसारहरु पनिप्रयोग गर्ने गरेको पाइन्छ । तर यस्तो वस्तुको वैज्ञानिक परिक्षण नभएकोले प्रयोग गर्नु उचित हो हैन भन्ने वहसकै विषय हुन सक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.