राजनीति

राष्ट्रपतिले नागरिकता विधेयक रोकेकामा नागरिक अगुवा दुःखी

सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन् ।

संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक प्रमाणीकरण नगर्नु दुःखद भएको मानव अधिकारवादी कृष्ण पहाडी बताउनुहुन्छ । “राष्ट्रपति महोदयलाई मेरो आग्रह छ, संविधानले दिएको भूमिका निर्वाह गर्नुस्”–उहाँले भन्नुभयो ।

संविधानविपरीतको यो कदमको न्यायिक निरुपण गरिनुपर्नेमा पनि पहाडीले जोड दिनुभयो । लोकतन्त्र र संविधान मुख्य कुरा हो अरु गौण कुरा भएको उल्लेख गर्नुहुँदै उहाँले दुवैका विरुद्ध राष्ट्रपति प्रयोग हुनु दुःखद रहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य प्रा कपिल श्रेष्ठले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नहुँदा संविधानको मर्ममा असर पर्ने तर्क गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.