जन सरोकार

वीर अस्पताल आसपासका फार्मेसीमा महानगरको डोजर

काठमाडौंमा रहेका अवैध र अनधिकृत संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले बिहिबार वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा डोजर चलाएको छ ।

वीर अस्पतालको सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

महानगरपालिकाले २४ घण्टाभित्र पसलहरु हटाउन बुधवार अल्टिमेटम दिएको थियो । अल्टिमेटमको वेवास्ता गरेपछि डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको सो पुरानो टहरमा डोजर चलाएर सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ ।

यसअघि महानगरपालिकाले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टेलगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्काएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.