राजनीति
सैनिक मुख्यालयमा सुरक्षा निकायका प्रमुखहरुको बैठक
नेपाली सेनाको मुख्यालय भद्रकालीमा मुलुकका चारवटा सुरक्षा निकायका प्रमुखहरुले छलफल गरेका छन् । सो छलफल निर्वाचन सुरक्षामा केन्द्रित रहेको बताइएको छ ।

चारवटै सुरक्षा निकायका प्रमुखहरु आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेबारे छलफल गर्न जंगी अड्डा पुगेका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा उपस्थित हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्