कर्पोरेट/पर्यटन

असोज ९ देखि रामेछाप–लुक्ला उडान

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् ।

रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच हजार दुई सय ८० र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति रु सात हजार ५० भाडादर लागू हुने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.