जन सरोकार

बुहारी बलात्कार गर्ने ४५ वर्षीया ससुरा पक्राउ

भोजपुरमा पटकपटक बुहारी बलात्कार गर्ने एक ससुरालाई प्रहरीले पक्राउ गरेको छ । समाचार अनुसार जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईले बुारीलाई पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ । प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.