जल/वातावरण

बुधबार थपिए एक हजार १ सय ७२, कुल सङ्क्रमित ६७ हजार ८ सय ४

बुधबार नेपालमा कोरोना भाइरसका एक हजार १ सय ७२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्याका सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८ सय ४ जना पुगेका छन् ।

पछिल्लो चौबीस घण्टामा १ हजार ८ सय ९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४९ हजार ९ स य५४ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।

हाल १७ हजार ४१४ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १७ हजार ४१४ पुगेको छ । क्वारेन्टिनमा सात हजार १०४ जना छन् ।

पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.