जन सरोकार

झापामा एक सय ६ वर्षका वृद्धले घरमै बसेर कोरोना भगाउँदा…

१ सय ६ वर्ष ६ महिना नाघिसक्नुभएका सन्त सुकदेव साहेब

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी जोखिममा ६० वर्षभन्दा बढी उमेरका रहेको र हालसम्मको मृत्युको तथ्यांक हेर्दा पनि यही समूहका मानिसको बढी मृत्यु भएको छ । तर कोरोना संक्रमण हुँदैमा मृत्यु नै हुन्छ भन्ने हैन भन्ने प्रमाण नेपालदेखि विदेशसम्म उमेरले शताब्दी पार गरेकाहरुले दिएका छन् ।

झापामा १ सय ६ वर्ष ६ महिना नाघिसक्नुभएका सन्त सुकदेव साहेबले घरकै आइसोलेसनमा बसेर कोरानालाई पराजित गर्नुभएको छ । भारतको पुर्णिया जिल्लामा घर भई हाल झापाको दमक नपा ९ मा बस्दै आउनुभएका साहेव १४ दिन आफ्नै घरमा बसेर कोरोना जित्नुभयो ।

विश्व कोरोना भइरसको माहामारीसँग जुधिरहेको अवस्थामा १ सय ६ बर्ष पार गर्नु भएका बृद्धले कोभिड जित्नुले सबैको मनोबल उच्च भएको छ । खास गरी यो भाइरसबाट वालबालिका र बृद्धबृद्धालाई बढी असर गर्छ भनिरहेको अवस्थामा उहाँले कोरोना जित्नुलाई सबैका लागि उदाहरण नै बनेको छ ।

झापामा भेटिएका संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा भदौ २३ गते कोरोना परीक्षण गर्दा २५ गते कोरोना भाइरस पोजेटिभ देखिएपछि सन्त पहिला आफु बस्दै आएको कोठामा नै १४ दिनसम्म आइसुलेशनमा राख्ने व्यवस्था गरियो ।

असोज ५ गते १४ दिनपछि पुन परीक्षण नेगेटिभ आयो । दमक नपाको स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक बद्री बरालले कोरोना भइरस पोजेटिभ देखापरेपछि नियमित तातोपानी, झोलिलो पदार्थ, दुध, गिलो जाउलो खाएको बताउनुभयो ।

संक्रमित साहेव कोरोना संक्रमणको अनुभव सुनाउँदै भन्नुभयो, यो अवस्थामा शरिरको सबैभाग दुख्ने, पोल्ने, अत्यन्तै धेरै पीडा भयो, सामान्य ज्वरो आयो, खान मन नलाग्ने भयो तर यो बीचमा कुनै औषधि पनि खानु परेन भने अन्य अस्पतालको शैयामा आइसोलेशनमा समेत जानुपरेन ।

उहाँले थप भन्नुभयो, सानो उमेरदेखि नै सात्विक खाना खाने, दूध तरकारीको रसबरी खाने गरेको बताउँदै आफू ठूलो खड्गो कालबाट बँचे अब अझैं धेरै बर्ष बाच्ने भएँ ।

उहाँलाई कोरोना भइरस पोजेटिभ देखिएपछि आफ्नो सधै बसिरहरेको घर कोठा ओछ्यान समेत सोही भएकाले अनौठो महशुुुस नभएको दमक नगरपालिकाको कोरोना भइरस क्वारेन्टनइन ब्यवस्थापन समितिका सचिव कुबेर भट्टराईले बताउनुभयो । यसले गर्दा उहाँमा मानसिक ठूलो पीडा भएन ।

घरमा नै भएकाले बढी हेरचाह गर्ने मौका पनि मिल्यो त्यसकारण पनि कारोना जित्न सहज भएको उहाँको अनुभव छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.