राजनीति

प्रा डा केसीसँग तत्काल वार्ता शुरु गर्न अपिल

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले अनशनरत प्रा डा गोविन्द केसीको स्वास्थ्यमा देखिएको बढ्दो प्रतिकूलता दृष्टिगत गरी ‘इमान्दार वार्ता र सार्थक कार्यान्वयन’मा तदारुकता प्रस्तुत गर्न सरकारसँग अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्तिमार्फत कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, सुधारका लागि उच्चस्तरीय माथेमा कार्यदल बनाइएको र प्रा डा केसीका माग पूरा गर्दै जारी गरिएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ को कार्यान्वयनको माग समेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, सो अध्यादेशले चिकित्सा शिक्षाका अप्ठ्याराहरु फुकाउन मार्गप्रशस्त गरेकाले वर्तमान सरकारले इमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेलासम्म फरक उचाइमा पुगिसकेको हुने जनाउनुभएको छ ।

डा केसीको अहिलेको अनशनका समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारसँग कांग्रेसले अपिल गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.