राजनीति

पूर्व आईजिपी खनाल एमालेमा प्रवेश

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उहाँलाई एमालेमा प्रवेश गराउनुभएको हो ।

पूर्व प्रहरी महानिरीक्षक खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जनता समाजवादी पार्टी (जसपा)का नेता होरीलाल चौधरीलगायत एमालेमा प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले देशका लागि काम गर्ने पार्टी भएकोले निर्वाचनमा जिताउन आग्रह गर्नुभयो । उहाँले एमाले जनताका समस्या र भावनालाई सम्बोधन गर्ने एकमात्र पार्टी रहेको बताउनुभयो ।

एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनताको हक स्थापित गर्ने पार्टी एमाले मात्र रहेकोले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.