जापान

र्यापर भिटेनका साथमा कान्साईमा दशैं विषेश लाइभ म्युजिक

नेपालका चर्चित र्यापर भिटेन र डिजे नानी तथा द स्याडोज नेपाल व्याण्डले दशैंको अवसरमा कान्साईमा लाइभ म्युजिक कन्सर्ट आयोजना हुने भएको छ ।

सन २०१५ मा स्थापना भएको ओएनएस ग्रुप र ओशाकाको गणेशा डाइनिङ्गको सहकार्यमा सो कार्यक्रमको आयोजना हुन लागेकोा हो ।

ओशाकामा रहेका नेपाली युवाहरुले स्थापना गरेको पुरानो संस्था ओएनएस ग्रुपले यस अघि द ईडिज व्याण्ड, कवड्डी कवड्डी, लुट २ लगायतका कार्यक्रम आयोजना गरिसकेका छन् ।

यस पटकको कार्यक्रम भब्य र कान्साईमा हाल अहिलेसम्मकै ठूलो कार्यक्रम हुने म्यानेजमेन्ट टिमका तेज गुरुङ र डेनिश पुनले बताउनुभयो ।

कार्यक्रम यही अक्टोबर ६ तारिक बेलुकी ५:३० बजेबाट बेलुकी १० बजेसम्म ताकारा ओशाकामा हुने भएको छ । गणेशा डाईनिगं एनआरएनए कान्साई संयोजक दिलिप शर्मा गैरेद्वारा संचालनमा रहेको रेष्टुरेन्ट हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.