राजनीति

न्यायका लागि लड्दालड्दै द्वन्द्वपीडितका जायजेथा सकिए

१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्ष र तत्कालीन विद्रोहीपक्षबाट पीडित बनेकाहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । उनीहरु न्यायका लागि लडिरहेका भए पनि अवस्थामा कुनै सुधार छैन ।

बागलुङका द्वन्द्वपीडितले आफ्नो अवस्था निकै कमजोर बन्दै गएको बताएका छन् । उनीहरुले वर्षौंदेखि आफन्तको न्यायका लागि लड्दालड्दै भएको जायजेथासमेत सकिएको गुनासो गरेको छन् ।

बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताले सशस्त्रद्वन्द्वका समयमा बेपत्ता भएका, मरेका तथा मारिएकाको आफन्तले अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको गुनासो पोखेका छन् ।

“हामीहरु धेरै लामो समयदेखि न्यायको प्रतिक्षामा छौँ, द्वन्द्वमा आफन्ता गुमाउनुपरेको पीडा त मुटुमा छँदैछ, समाजमा र राज्यले उनीहरू प्रति गरेको असामान्य व्यवहारले थप चोट पुगेको छ, त्यस बेलामा हाम्रा आफन्त कर्तव्य बोध गरी मुलुक र नागरिक जोगाउनका लागि आफ्नो ज्यान दिए तर अहिले उनीहरुको सम्मान राज्यले गर्न सकेन, बेपत्ता परिएका र उनीहरुका परिवारको बेवास्ता गर्दा दुःख लाग्छ”, उहाँहरुको भनाइ थियो ।

द्वन्द्वपीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि आफूहरुले न्याय पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले न्याय कहिले पाउने रु, लड्दालड्दै थकित भयौँ, अहिलेसम्म न्याय पाउन सकेनौँ, हाम्रा आफन्त कहाँछन्, कस्तो अवस्थामा छन् रु, त्यसको सोधखोज यतिका समय बितिसक्दा पनि हुन सकेन ।”

उहाँले द्वन्द्वपीडितको अवस्था दिनप्रतिदिन नाजुक र दयनीय बन्दै गएको भन्दै जीवनस्तर उकास्न कसैको ध्यान नपुगेको गुनासो गर्नुभयो । उहाँले लामो समयदेखि न्यायका लागि सङ्घर्ष गरिरहेका नागरिकलाई सरकारले मलमपट्टी गर्न नसकेको भन्दै पीडित झन्झन् पीडामा परिरहेको बताउनुभयो ।

“हामी लामो समयदेखि निरन्तर न्यायका लागि सङ्घर्ष गरिरहेका छौँ, हाम्रो अवस्था दिनदिनै नाजुक बन्दै गएको छ, हाम्रो जीवनस्तर उकास्नसमेत कसैको ध्यान पुगेन, हामी न्यायका लागि हिँड्छौँ तर कहीँकतैबाट हाम्रो सुनुवाइ भएन”, विकले भन्नुभयो, “पीडतलाई सामान्य सान्त्वनासमेत कसैले दन सकेन, यसले गर्दा अहिले धेरै द्वन्द्वपीडित झन् पीडा मान्छन् ।”

उहाँले सरकारले पीडितको जीविकोपार्जनका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ,“अलिअलि भएको जायजेथा पनि न्याय खोज्दाखोज्दै सकिन थाल्यो, वर्षौं भयो हामीले हाम्रो आफन्त गुमाएको, कतैबाट हाम्रो अवस्था बुझ्न कोही आएन, पीडितको जीविकोपार्जनका लागि सरकारले केही त गर्न सक्थ्यो होला नी तर अहिलेसम्म केही गरेन, पीडित परिवारलाई अहिले पनि धेरै समस्याले झेलेको छ, सम्बन्धित निकाय यस प्रतिगम्भीर भएन, हामी अन्यायमा प¥यौँ भनेर सुनाउने ठाउँसमेत छैन ।”

उहाँले लामो समयदेखि न्याय पाउने आशामा रहेको भन्दै सरकारले यो काम गर्न नसके गाँठो फुकाई दिनुपर्ने मागसमेत गर्नुभयो । “हामीहरु लामो समयदेखि न्यायको आश गरेर बस्यौँ, तर अहिलेसम्मआशआशमात्रै रह्यो न्याय पाउन सकेनौँ, सरकारले सक्दैनौँ भने सक्दैनौँ भने हुन्थ्यो, हामीलाई आश त हुन्थेन, यसर झुलाई राख्नुभन्दा बरु यो गाँठो फुकाइ दिएहुन्थ्यो, हामी जे गरे गथ्यौँ ।”

द्वन्द्वपीडित जशोधादेवी शर्माले न्याय नपाएसम्म आफूहरुको सङ्घर्ष जारी रहने बताउनुभयो । उहाँले विगतमा धेरैथरीका आश्वासन आए पनि यतिका वर्ष बितिसक्दा पनि न्याय पाउने विषयको अत्तोपत्तो नभएको गुनासो गर्नुभयो ।

“विगतमा हामीलाई धेरैतिरबाट न्याय दिने आशा देखाइए अहिले यसप्रति कोही जिम्मेवार भएनन, हामी हाम्रो परिवारका सदस्य भेटिने र न्याय पाउने आशमा छौँ, जिम्मेवार निकायले भने हाम्रो मुद्दामाथि, हाम्रो पीडामा ध्यान दिएन”, उहाँले भन्नुभयो, “हामी न्याय नपाएसम्म विचलितन भई लडिरहन्छौँ ।”

उहाँले परिवार गुमाउँदाका पीडा आफूहरुलाई मात्रा थाहा हुने भन्दै सम्बन्धित निकायले बेपत्ता भएका र द्वन्द्वमा ज्यान गुमाएकाको अपमान गरेको बताउनुभयो । शहीद तथा बेपत्ता परिवारका सदस्य लामो समयदेखि न्यायका लागिक चारैतिर भौतारिँदा पनि उनीहरुको पीर, ब्यथालाई बुझ्न नसकेको गुनासो गर्नुभयो ।

“आफन्त गुमाउनुको पीडा हामीलाई थाहा छ, कस्तो हुन्छ भन्ने, हामी हाम्रा आफन्तको न्यायका लागि वर्षौंदेखि लडिरहेका छौँ, धेरैले धेरैथरी आश्वासन देखाए तर अहिले हाम्रो कार्यक्रममा समेत सहभागी हुँदैनन, राज्य निकै निरीह भयो” ।

शर्माले भन्नुभयो, “हामीहरुले हाम्रा कुरा सुनाउन ठूला दलका नेतालाई पनि खबर ग¥यौँ तर उहाँहरुले हाम्रा समस्या सुन्न चाहनुभएन, अब हामीले कसलाई सुनाउने, कहाँ जाने न्याय खोज्न रु, कसले दिन्छ हामीलाई न्याय रु, सरकारले सक्दैन भने सक्दैन भनोस्, यसरी हामीलाई अन्योलमा नपारोस्, हामी जे गरे गरौँ, झुलाउने काम नगरोस् ।”

सशस्त्र द्वन्द्वका समयमा बागलुङका एक सय ४९ जनाले ज्यान गुमाउनुपरेको थियो भने अहिलेसम्म २४ जना बेपत्ताको सूचीमा छन् । दुईजना भने फेला परेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.