जन सरोकार

'इमो'बाट २५ लाख चिट्ठा पर्यो भन्दै फोन त आएको छैन ? होस गर्नुस् ठगीमा पर्नुहोला

सामाजिक संजालको बढ्दो लोकप्रियतासंगै यसमा जोकोही प्रवेश गर्दा यसैको फाइदा उठाउँदै ठगी गर्न खोज्नेहरुको संख्या बढिरहेको छ । यसै क्रममा सामाजिक संजाल इमोको प्रयोग गरी २५ लाख रुपैयाँ चिट्ठा परेको भन्दै आवश्यक प्रक्रियाका लागि रकम माग्ने दुईजना पक्राउ परेका छन् ।

समाचार अनुसार इमोमार्फत २५ लाख चिट्ठा परेको र सो रकम प्राप्त गर्नका लागि तिर्नुपर्ने कर वापतको रकम आइएमईमार्फत पठाउन फोन गरी २ लाख ८० हजार रुपैयाा ठगी गर्ने दुईजनालाई मोरङबाट पक्राउ गरिएको छ ।

आरोपीहरुले चितवन कालिका नगरपालिका ४ बस्ने ४४ वर्षकी महिलालाई इमोमाफत चिट्ठा परेको भन्दै सो रकम ठगी गरेका थिए । ठगिएकी महिलाले असोज ४ गते इलाका प्रहरी कार्यालय टाँडी, चितवनमा सुचना दिए पश्चात प्रनाउ रविन कार्की समेतको अनुसन्धान टोलीले ती दुई अभियुक्तिलाई असोज ७ गते जिल्ला प्रहरी कार्यालय मोरङसंगको समन्वयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं ११ वस्ने वर्ष २७ को साहिल हुसेन अन्सारी र सोही महानगरपालिका वडा नं ९ वस्ने वर्ष २७ को कामेश्वर स्वर्णकार रहेका छन् । अभियुक्तहरुलाई ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी ल्याई सम्मानित चितवन जिल्ला अदालतवाट पहिलो पटक दिन ७ को म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.