जल/वातावरण

देशभर १४ सय संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै ७ सय ५५- १७ जनाको मृत्यु

बिहिबार देशभर १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । जसअनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना छन् ।

२४ घन्टामा थपिएका १ हजार ४ सय ९७ जनासहित देशभर संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ । संक्रमितमध्ये ५० हजार ४ सय ११ जना निको भएर घर फर्किएका छन् भने ४ सय ५३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.