जापान

मोना जापानमा नयाँ नेतृत्वमा सचिन श्रेष्ठ

नेपालको म्याग्दी जिल्लाबाट जापानमा पुगेका नेपालीहरुको संस्था मोना जापानको नयाँ कार्यसमिति चयन भएको छ । मोनाको सम्पन्न सातौ महाधिवेशनबाट सचिन श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

महाधिवेशनबाट अध्यक्षमा सचिन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा विशाल केसी, उपाध्यक्षद्वयमा ओमप्रकाश तुलाचन र हेम जुग्जाली तथा महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रीय उपाध्यक्षमा टीका छन्त्याल र महासचिमा गणेश श्रेष्ठलाई चयन गरेको छ ।

यसै गरी सचिवमा सागर कार्की, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की, सहकोषाध्यक्षमा खिमबहादुर पुन र महिला संयोजकमा धना पुर्जालाई चयन गरिएको छ ।

महाधिवेशनले कविता भट्टचन, प्रदीप मगर, जीवन थापा मगर, रेखा केसी, दिपक सुवेदी, सिमन पुनलाई चयन गरिएको छ भने युवा संयोजकमा निरोज पुन, सांस्कृतिक संयोजकमा ढकप्रसाद जुग्जाली र भेगिय संयोजकमा भूपेन्द्र बरुवाललाई चयन गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.