कर्पोरेट/पर्यटनजापान

जापान ‘टुरिजम एक्स्पो’मा नेपालको आकर्षण (फोटोहरुसहित)

कोरोना महामारीले विगत दुई वर्षदेखि संकटमा परेको विश्व पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यका साथ “टुरिजम एक्स्पो २०२२” जापानमा सुरु भएको छ ।

यस महोत्सवमा नेपाल, थाईल्याण्ड, ताइवान, इरान, इटाली, स्पेन, मंगोलिया, कतार, साउदी अरेबिया अमेरिका, फ़िनल्याण्न्ड लगायतका मुलुकहरुको सहभागिा रहेको छ ।

महोत्सवमा नेपालका तर्फबाट नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, ऐमवे ट्राभल लगायतका प्रतिनिधि रहेका छन । उनीहरुले महोत्सवमा नेपालको पर्यटन प्रबद्र्धन गरिरहेको नेपालजापानलाई बताएका छन् ।

महोत्सवको दुई दिन बिहिबार र शुक्रवार व्यावसायिक आगन्तुकका लागि भएको र आज भोलि शनिबार आइतबार सर्वसाधारणलाई खुला हुने नेपालका तर्फबाट सहभागी बाबुराम भण्डारीले जानकारी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय जगतममा हुने यस्ता कार्यक्रममा सहभागी हुँदा नेपालको पर्यटन प्रबर्धनमा अत्यन्त महत्वपूर्ण टेवा पुग्ने उहाँको बुझाई छ ।

नेपाल जापानी पर्यटकको रोजाइको मुलुक भए पनि बिगतदेखि अहिलेसम्म भरपर्दो एयरलाइन्स सेवा नहुँदा सोचे जस्तो प्रतिफल पाउन नसकेको गुनासो पर्यटन क्षेत्रमकाम गर्दै आउनुभएका दिपक सुवेदी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, नेपाल एयरलाइन्सको हप्तामा २(३ वटा उडानले जापानमा भएका नेपालीलाई सेवा दि गाह्रो भएको छ । यस्तो अवस्थामा जापानीलाई खुलेर नेपाल जानुहोस् भन्ने माहोल अझै बन्न सकेको छैन ।

महोत्सवमा नेपाल पर्यटन बोर्डका सीईओ धनञजय रेग्मी, जापानका लागि नेपालका राजदूत दुर्गाडा. बहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी लगायतले अवलोकन गर्नुभएको थियो ।


प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.