राजनीति

राजनीति गरेर मेरो देश डुबाउन लागे : बालेन

नेपाल भूपरिवेष्ठि भएर आर्थिक विकासमा बाधा पुगेको भन्ने नीति निर्माता, राजनीतिकर्मी, योजनाविदहरु तथा कार्यान्वयनकर्ताहरुले भन्ने गरे पनि विश्वमा उन्नति गरेका भूपरिवेष्ठि देशहरुका बारेमा के भन्ने ?

नेपाल विश्वका दुई विशाल भूगोल र जनसंख्या भएको देश चीन र भारतको बीचमा छ । यो दुई देश नेपालको ठूलो बजार पनि हो । यदि यहाँ उत्पादन गरेका बस्तुहरु चीन र भारतमा मात्रै निर्यात गर्ने हो भने हाम्रो अर्थतन्त्र त्यसै बलियो हुन्छ ।

तर, नेपालमा राजनीति बाहेक कुनै कुराको उत्पादन भएन । राजनीतिलाई जनसेवा र देश विकासको माध्यम बनाउने अठोटका साथ स्वतन्त्र रुपमा काठमाडौं महानगर पालिकाको मेयरमा विजयी बालेन्द्र साहले यस्तै एउटा करण अभिव्यक्ति दिनुभएको छ ।

काठमाडौंका अवैध संरचना भत्काउँदै शहरको सुन्दरता र आवागमन सहज बनाउने अभियानमा चलिरहँदा धेरैतिरबाट अबरोध आएपछि बालेनले ट्वीट गर्दै ‘देश राजनीति गरेरै डुबाउन लागे”को टिप्पणी गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ- “मेरो देशलाई समुन्द्र, सागर र महासागरले छोएन भन्दा बढी दुस्ख त यसकारण लागेको छ कि, भूपेरिवेष्ठित मेरो देश, राजनीति गरेर डुवाउन लागे ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.