कला/मनोरन्जनकलिउड

भारतीय दर्शक भन्छन्- ‘प्रेमगीत ३ ले क्रान्ति ल्यायो’

नेपालमा जे नहुनुपर्ने थियो त्यही भयो, मुखमा रामराम बगलीमा छुराको व्यवहार जिम्मेवार अधिकारीहरुबाट प्रदर्शन भए पनि नेपाली चलचित्र प्रेमगीत ३ ले क्रान्ति ल्याएको भारतीय दर्शकहरुको प्रतिक्रिया दिएका छन् ।

नेपाली चलचित्रको इतिहासमै पहिलोपटक हिन्दी भाषामा स्वाराङग गरेर असोज ७ गतेदेखि नेपालमाा नेपाली भाषामा र भारतमाा हिन्दी भाषामा प्रदर्शन आरम्भ गरिएको चलचित्रलाई भारतमा राम्रो प्रतिक्रिया पाएको छ ।

भारतका सिनेमा घरहरुमा हिन्दी चलचित्र अभिनेता सनी देवलको ”चुपसंगै रिलिज भएको प्रेमगीत ३ को कथा, कलाकारहरुको अभिनयका साथमा हिमाली दृश्यहरुलाई भारतीय दर्शकले निकै रुचाएका छन् ।

हिन्दीभाषी दर्शकहरुले प्रेमगीत ३ एकपटक मात्र हेर्नका लागि हेर्ने चलचित्र नभएको भन्दै यसले दुई देशको सम्बन्ध विस्तारमा अरु सघाउने समेत प्रतिक्रिया दिएका छन् ।

प्रेमगीत ३ ले नेपाली चलचित्रमा क्रान्ति गरेका र पहिलोपटक हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरेको यो चलचित्रले लगानीको कैयौं गुणाा बढी व्यापार गरेको भारतीय मिडियाहरुले बताइरहेका छन् ।

भारतीय दर्शकहरुले चलचित्रलाई बलिउडको टक्करको भएको बताउँदै कलाकारहरुको अभिनय र चलचित्रको समग्र पक्ष सोचेभन्दा निकै स्तरीय रहेको भन्दै सबैलाई उत्साहित गरिरहका छन् ।

भारतीय समीक्षक नरेन्द्र शर्माले प्रेमगीत ३ हेरेपछि राम्रो चलचित्र बनाउन पैसा मात्र बगाएर नहुने प्रमाण यो चलचित्र बनेको बताउनुभएको छ । उहाँले चलचित्रको दृश्य हेरेपछि हिन्दी निर्माताहरुले नेपालमै छायांकन गर्नुपर्ने सुझाव समेत दिनुभएको छ ।

सेप्टेम्बर २घ अर्थात असोज ७ गते शुक्रबारदेखि विश्वभर रिजिल भएको चलचित्र प्रेमगीत भारतमा मात्र ७०० सिनेमा हलमा प्रदर्शन भैरहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.