जापान

जापानमा मनाइयो नेपालको राष्ट्रिय दिवस

जापानस्थितत नेपाली दूताबास टोकियोेमा नेपालको राष्ट्रिय दिवसको अवसरमा सही असोज ३, ४ र ५ गते विशेष कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।

यस अवसरमा असोज ३ गते दूताबासमा झण्डोत्तोलन तथा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै राजदूत डा. दुर्गाबहादुर सुवेदीले यस पुनित दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा राजनीतिक स्थायित्व, आथिक विकास र सामाजिक रुपान्तरणसहित समुन्नत नेपालको लक्ष्य हाँसिल गर्न सबै नेपालीलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस गरी असोज ४ गते साँझ विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा राजदूत डा. सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश सुनाइएका थियो ।

त्यस क्रममा उहाँले जापान र जापानी जनताप्रति नेपालीको तथा नेपाल नेपालीप्रति जापानी जनताको सद्भाव, स्नेह र सम्मानन रहेको धारणा राख्नुभयो ।

सो अवसरमा जापानको परराष्ट्र राज्यमन्त्री ताकेई सुनसुकेले नेपालको राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिंदै नेपाल र जापान दुई पुराना एवं घनिष्ठ मित्र रहेको र सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दिनुभयो ।

मन्त्री सुनसुकेले शताब्दी पूर्व नै उच्च शिक्षा अध्ययनका लागि नेपालबाट ८ जना विद्यार्थी जापान आएको स्मरण गर्दै अहिले नेपाली विद्यार्थीहरुको संख्या २६ हजारभन्दा बढी रहेको जानकारी दिनुभयो ।

उहाँले नेपालको विकासमा जापान सरकार र जापानी जनताको सहयोग निरन्तर रहने विचार व्यक्त गर्दै आगामी दिनामा दुई मुलुकको सम्बन्ध अझै बलियो बन्दै जानेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.