राजनीति

नेपालमा भूराजनीतिक संकटमा पर्दै : डा. भट्टराई

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल अमेरिका र चीनको तानातान पर्दै गएको बताउनुभएको छ ।

शनिबार नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा डा. भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको यही संकटका कारण देशमा संघीयता कमजोर पार्ने, अर्थतन्त्र कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको पनि बताउनुभयो ।

उहाँले चीन–अमेरिकाबीचको तानातानले नेपालमा जुन भूराजनीतिक संकट बढ्दैछ यसले नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने पनि बताउनुभयो ।

डा. भट्टराईले मुलुकको अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम भैरहेको र ठूलो संकट आउँदै गरेकोतर्फ सचेत पार्दै त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक रहको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.