एन आर एन न्युजजापान

सात बुँदे घोषणा पत्रजारी गर्दै एनआरएनए जापानको नवौं साधारणसभा सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नवौ बार्षिक साधरण सभा विविध निर्णय गर्दै क्युशुको फुकुओका शहरमा सम्पन्न भएको छ। एनआरएनए जापानका अध्यक्ष देबीलाल भण्डारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भिडियोमाफत शुभकामना दिनुभएको थियो ।

मन्त्री भट्टराईले एनआरएन जापानले कोभिड १९ मा गर्नु भएको काम र नेपालमा पठाईएको सहयोग सामग्रीको खुलेर प्रशंसा गर्नु भएको थियो । त्यसै गरी जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भिडियोमार्फत शुभकामना दिनुभएका थियो ।

साधारणसभाले महासचिव जनकविक्रम शाहीद्वारा प्रस्तुत बिषयमा केही प्रश्न आयता पनि सबै प्रश्नको जवाफ सालिन र सरल सैलिमा दिएपछि सो प्रतिबेदन र संसोधित बिधान उपस्थिति संख्याको ठूलो संख्याको समर्थनमा पास भएको थियो । बिधान सम्बन्धी सुझाव र सल्लाहलाई अध्ययन गरी बिधानमा संलग्न गर्ने अधिकार बिधान समितिलाई दिएको छ ।

संशोधित विधानमा सल्लाहकार र मानर्थ सदस्यले अध्यक्ष पदमा बाहेकका सबै पदमा उम्मेदवारी दिनसक्ने छन् भने यसअघि पदाधिकारी पदमा उमेदवार दिन बन्चित गरिएको थियो । त्यसै गरी एक महिला उपाध्यक्ष सहित चार खुल्ला उपाध्यक्ष गरी पाँच उपाध्यक्ष रहने छ भने यस अघि युवा र क्षेत्रीय उपाध्यक्षको ब्यबस्था गरिएको थियो । सचिव पदमा पनि एक महिला सहित दुई खुल्ला सचिव पद रहने छ यस अघि भएको क्षेत्रीय सचिव भने हटाइएको छ ।

फ़ुकुओका लागि महावाणिज्यदूत किमोतो युइचिरोको प्रमुख आतिथ्यमा समपन्न साधारणसभामा विशेष अतिथि एनआरएनए आईसिसि कोषाध्यक्ष महेश श्रेष्ठ, एसिया संयोजक गोबिन्द श्रेष्ठ, एनआरएन आईसिसि सदस्य तुल्सीराम खरेल, दधिवल खड्का, एनआरएनए आईसिसि मानर्थ सदस्य कपिल देब थापा, एनआरएनए आइसीसी भाषा साहित्य सम्पदा तथा संस्कृति समिति उपसंयोजक तथा एसिया प्यासिफिक संयोजक, प्रवासी नेपाली एकता मंचका सचिब शालिकराम आइसीसी भाषा साहित्य सम्पदा तथा संस्कृति समिति उपसंयोजक बेलुकाजी थापा रहनुभएको थियो ।

बरिष्ठ उपाध्यक्ष अनिता गुरुङले शुभकामना मन्तब्य गर्नु भएको साधारणसभामा प्रवासी नेपाली एकता मंच सचिव सालिकराम भन्डारी, एनआरएनए जापानका सल्लाहकार नरेन्द्र बस्नेत, बाबुराम भण्डारी, एनआरएनए जापान उच्चस्तरीय समिति सदस्य धर्म अधिकारी, एनआरएनए जापान उच्च स्तरीय समिति सदस्य डा भुपालमान श्रेष्ठ, आनन्द कोइराला, कोषाध्यक्ष पत्रकार महासंघ जापान तथा सल्लाहाकार एनआरएनए जापान, नर बहादुर थापा सल्लाहाकार एनआरएनए जापान, टंक गैरे सल्लाहाकार एनआरएनए जापान, भवानी पन्त एनआरएनए आइसीसी एसिया प्यासिफिक मिडिया संयोजक किरण बर्मा सल्लाहाकार एनआरएनए जापान, एनबिए जापानका अध्यक्ष बिजय थकाली, एनआरएनए क्युसु संयोजक देबराज उप्रेती, कान्साई संयोजक कृष्ण गैरे, चिवा संयोजक, विश्व सुबेदी, कान्तो संयोजक राकेश रुन्बा, नागॊय संयोजक श्याम सितल लगायतको उपस्थिति रहेको थियो ।

संसोधित बिधानमा निम्नानुसार नया प्रावधानहरु राखिएको छ-

१. हालको ३ प्रकारको सदस्यीय प्रवाधनालाइ ५ सदस्यीय बनाइएको छ जसअनुसार उच्चस्तरीय सल्लाहाकार परिषद सदस्य, सम्बद्ध सदस्य रहनेछन् ।

२. हालको ५ उपाध्यक्षमध्ये १ क्षेत्रीय उपाध्यक्ष रहने प्रावधानलाई परिवर्तन गरी ५ उपाध्यक्ष नै रहने सबै खुला प्रतिस्पर्धाबाट आउनु पर्ने, बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्षको जिम्मेवारी बिधानमा स्पष्ट पार्ने र अन्य उपाध्यक्षको जिम्मेवारी भने बिधानमै उल्लेख बमोजिम निर्वाचन पश्चात तोकिने ।

बिभागहरु निम्न प्रकार रहनेछन्

१. कानुनी परामर्श, सरकारी समन्वय र संस्थागत बिकास र वद्धि मामिला बिभागको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष अनिवार्य,

२. महिला सशक्तिकरण, लैंगिक समानता, मानवअधिकार तथा बालकल्याण मामिला बिभाग महिला उपाध्यक्ष अनिवार्य,

३. शीप, ज्ञान, नीति तथा कौशल मामिला बिभाग,

४. यूवा ससक्तिकरण तथा खेलकुद मामिला बिभाग,

५. शिक्षा तथा बिद्यार्थी मामिला बिभाग,

६. आप्रवासन इमिग्रेशन तथा श्रम मामिला बिभाग

७. ब्यापार, लगानी, पर्यटन तथा रोजगार मामिला बिभाग

८. नेपाली भाषा, साहित्य, कला र सांस्कृतिक मामिला बिभाग

९. प्रकोप व्यवस्थापन, परोपकार तथा मानववीय सहायता मामिला बिभाग

१०. सूचना, प्रविधि तथा प्राविधिक मामिला बिभाग

११. क्षेत्र विस्तार तथा समन्वय मामिला बिभाग

३. क्षेत्रको कार्य समिति सदस्य संख्याको आधारमा नभई सबै क्षेत्रमा २३ सदस्यीय समिति रहने

४. राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, सदस, उच्च स्तरीय समिति सदस्य, मानार्थ सदस्य, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्य, सलाहकारहरुले सामाजिक संजाल तथा कुनै पनि माध्यमबाट संस्थाको मुल्य र मान्यता बिपरित हानि हुने अभिव्यक्ति, प्रचार प्रसार गतिविधि गरेको पाइएमा राष्ट्रिय समन्वय परिषदले एक पटक स्पस्टिकरण सोध्न सक्नेछ र पुनः दोश्रो पटक सोही कृयाकालाप दोहोर्याएको प्रमाणित भयमा राष्ट्रिय समन्वय परिषदको अध्यक्षले कार्यसमितिलाइ सामान्य जानकारी गराई कार्यसमितिको पदाधिकारी तथा सदस्य, क्षेत्रीय समितिको पदाधिकारी तथा सदाय लाइ निलम्बन र अन्यको हकमा सदस्ता खारेजी गर्न सक्नेछ ।

६. विशेष परिस्थितिमा राष्ट्रिय समन्वय परिषदको अध्यक्षले कार्यसमितिको निर्णयबिना १० मान सम्मको रकम निकासा, परिचालन तथा फरस्योउट गर्न सक्नेछ तर त्यसको विवरण कार्यसमिति बाट पारित गर्नु पर्नेछ ।

७. राष्ट्रिय समन्वय परिषदको अध्यक्ष बाहेकको पदाधिकारी पदमा पंजीकृत सदस्य लिएका उच्चस्तरीय सल्लाहकार परिषद र मानार्थ परिषदका सदस्यहरुले पनि उम्मेदवारी दिन सक्नेछन् ।

८. क्षेत्रीय समितिको संयोजक पदमा निर्वाचन लड्नको लागी क्षेत्रीय समितिको पदाधिकारी पद (सदस्यभन्दा माथि) पुरा एक कार्यकालमा रही कार्य सम्पादन गरेको हुनु पर्नेछ ।

९. क्षेत्रीय सचिवको पद रहने प्रावधान हाटाई एक महिला सचिव रहने व्यवस्था रादिएको छ।

यसै गरी महिला संयोजक संगिता अधिकारीले महिलाका समस्या सबन्धी केही जानकारी र यस बर्ष कस्तो खालको समस्या रह्यो यस बारे प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष कालिका थापालाई बार्षिक आर्थिक प्रतिवेदन पेस गर्न बोलाएएता पनि उहा १७(१९ कार्य समितिमा पेस भएको आर्थिक प्रतिवेदनमाथि बर्तमान प्रवक्ता सिद्धार्थ श्रेष्ठले उठाएको बिषयमा छानबिन नभएसम्म आफूले आर्थिक प्रतिवेदन पेस गर्ने नसक्ने जानकारी गराउनु भएको थियो ।

त्यस्तै एनआरएनए आईसिसि कोषाध्यक्ष महेश श्रेष्ठले बारम्बार छानबिन समिति बनाईने कुरामा आश्वस्त पार्दै प्रवक्ताले उठाएको विषय अघिल्लो कार्यकालको भएकाले यस बर्षको आर्थिक प्रतिवेदन पेस गर्न आग्रह गर्नु भएको थियो ।

नवौं साधारण सभाको सात बुदे घोषणा पत्र-

१. जापानका बिभिन्न प्रान्तमा रहेका नेपाली हरुको अध्यन गरी आवस्यक परेका प्रान्तमा क्षेत्रीय समिति गठन गर्ने प्रकृयालाई अगाडी बढाउने र थोरै संख्यामा बसोवास गरेका क्षेत्रमा सम्पर्क व्यक्तिको चयन गर्ने।

२. राष्ट्रिय समन्वय परिषदले गरेका हरेक गतिविधि लाई अभिलेखको रुपमा राख्न लाई आइसीसी संगको परामर्शमा छुट्टै होमपेजको व्यवस्थागर्ने र हरेक क्षेत्रको पनि पहुच हुन सक्ने प्रावधान राख्ने।

३. उच्च स्तरीय समितिको परामर्शमा जापानमा रही बिभिन्न क्षेत्रमा कार्यरत बिज्ञहरुको पहिचान गर्ने र एनआरएनए अभियानमा ओहाहरुको सहभागितामा बढाउदै लैजाने।

४. जापानमा आर्जित शिप, ज्ञान, प्रविधि र आर्थिक लाइ नेपाल सुहाउदो तरीकाले कसरि लगी कार्यान्वायन गर्न सकिन्छ जस्ता विषय लाइ समेटी बिज्ञ समूह हरुसंग परामर्श साथै अन्तरक्रिया जस्ता कार्यमा जोड दिने।

५. जापानमा महिला दिदी बहिनी हरुको संख्या उल्लेख्य रहे पनि एनआरएनए अभियानमा सहभागीता न्यून रहनु बिडम्बना हो तसर्थ महिला सहभागिता र ससक्तिकरणमा जोड दिने र बिभिन्न अन्तर्कृया र बहस जस्ता कार्यक्रम हरुलाई जोड दिने ।

६. युवा तथा बिद्यार्थीहरुको एनआरएनए अभियानमा सहभागी हुन उत्प्रेरित कार्यक्रम हरु अगाडी ल्याउने।

७. आइसीसीले अगि सारेका बिभिन्न अभियानमा सहभागी तथा कार्यान्वयनमा जोड दिने।

साधारण सभाको सम्पूर्ण व्यवस्थापन क्युस्यु क्षेत्रीय समितिले लिइएको थियो भने अतिनै व्यवस्थित तरिकाले साधारण सभाको ब्यवास्थापान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.