खेल

क्रिकेट खेलाडी भण्डारीको उपचारमा सरकारको सहयोग हुने

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग हुने बतानुभएको छ । ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे जानकारी लिनुभएको त्यहाँ पुग्नुभएका भण्डारीले सो जानकारी दिनुभएको हो ।

त्यस अवसरमा मन्त्री विश्वकर्माले भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने आश्वासन दिनुभयो । उहाँको उपचारका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसित छलफल गर्ने जानकारी पनि दिनुभयो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीले कम्तीमा पनि अझै एक महिना अस्पतालमा बस्नुपर्ने छ । भण्डारीको गत साता हात र खुट्टाको शल्यक्रिया गरिएको थियो । उहाँ गत साता कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको थियो ।

भण्डारीलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उहाँको दायाँ खुट्टा र हात भाँचिएको थियो । भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँहाते तीव्र गतिका बलर हुनुहुन्छ ।

सम्बन्धित खबर

Back to top button