जापानमा कोरोना भाइरसको खोप सबभन्दा पहिला चिकित्सक र वृद्धवृद्धालाई

कोरोना भाइरस संक्रमणबाट मुक्त हुने खोप वितरणको तयारीमा रहेको जापानले यस सम्बन्धी अन्तरिम दिशानिर्देशको मस्यौदा तयार गरेको छ । मस्यौदा अनुसार चिकित्सक र वृद्धवृद्धालाई सबभन्दा पहिले उपचारमा सामेल गराइनेछ ।
सरकारले तयार गरेको दिशानिर्देशको मस्यौदामा भनिएको छ चिकित्सकहरुमा संक्रमणको अत्यधिक जोखिम रहेको र वृद्धवृद्धामा संक्रमणको गम्भीर लक्ष्यण देखिने सम्भावना बढी भएकाले उपचारमा उनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्छ । त्यसै गरी गर्भवती महिला तथा वृद्धवद्धाहरुको स्याहारसुसारमा संलग्नहरुलाई पनि प्राथमिकता दिनुपर्ने बताइएको छ ।
यसै गरी खोपका लागि स्थानीय सरकारले कुनै आर्थिकभार व्यहोर्न नपर्ने गरी सरकारले उपाय अपनाउने छ भने खोपका कारण पर्नसक्ने दुष्प्रभाव नियन्त्रणका लागि राहतका उपाय पनि लागू गर्नेछ त्यस्तै औषधि निर्माता कम्पनीहरुलाई यस्तो दुष्प्रभावबाट पर्नसक्ने आर्थिक क्षतिको पूर्तिका लागि सरकारले कानुनी व्यवस्था पनि गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्