राजनीति

नेपाललाई शान्ति सेनाको उच्चपद सुनिश्चित गर्न परराष्ट्रमन्त्री डा खड्काको आह्वान

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहुनभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले विश्वका विभिन्न मुलुकमाा शान्ति स्थापनार्थ सक्रिय नेपाललाई उच्च पद दिन आव्हान गर्नुभएको छ ।

आज परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग गर्नुभएको भेटवार्ताका क्रममा सो माग गर्नुभएको हो ।

मन्त्री खड्काले शान्ति सेनामा नेपाली फौज बढाउन, नेपाललाई कार्य क्षेत्र र राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनिश्चित गर्नुपर्ने नेपालको आह्वानलाई पुनः मुखरित गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच राष्ट्रसङ्घीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसङ्घबीचको विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।

यसै गरी परराष्ट्रमन्त्री खड्काले कुवेतका विदेशमन्त्री डा अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गर्नुुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवद्र्धनलगायत साझा चासो र अन्य विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.