जन सरोकार

एकीकृत सुरक्षा योजनाबारे निर्वाचन आयोगबाट जानकारी

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाबारे सुरक्षा निकायका प्रमुखबाट आज जानकारी लिएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तले एकीकृत राष्ट्रिय सुरक्षा योजनाबारे जानकारी लिनुभएको हो ।

बहादुर भवनस्थित आयोगको कार्यालयमा भएको सो बैठकमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले आफ्नो सङ्गठनले तयार गरेको निर्वाचन सुरक्षा कार्ययोजनाबारे आयोगलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.