जापानमा रगतबाट कोरोना संक्रमण पत्ता लगाउने विधिको विकास

कोरोना भाइरस संक्रमण भए, नभएका पत्ता लगाउने स्वाब संकलन एकमात्र विधि रहेकामा जापानका अनुसन्धानकर्ताहरुले रगत परीक्षणबाटै कोरोना संक्रमण पत्ता लगाउने विधिको विकास गरेको बताएका छन् । अनुसन्धानकर्ताहरुले यो विधिबाट संक्रमितहरु गम्भीर रुपमा बिरामी हुनु पहिला नै पत्ता लगाउन ठूलो मद्दत गर्नेछ ।
राष्ट्रिय ग्लोबल स्वास्थ्य एवं औषधि केन्द्रको एक समूहले कोरोना संक्रमित २८ जनाको रगतको नमूना अध्ययन गरी रक्तकोष र रोगीको लक्षणमा आएको परिवर्तनको सम्भावित सम्बन्धको जाँच गरेका थिए । सो अध्ययनबाट गम्भीर लक्षण भएका १२ संक्रमितको प्रारम्भिक चरणमा सिसिएस १७ नामक प्रोटिनको स्तर चाहिनेभन्दा कम पाइएको थियो । त्यस्तै सामान्य र कम लक्षण भएकाहरुमा यो पोटिनको स्तर सामान्य पाइएको थियो ।
अनुसन्धानकर्ताहरुले अध्ययनमा के पनि पत्ता लगाए भने संक्रमितहरु गम्भीर रुपमा बिरामी हुनुभन्दा केही दिन पहिलेसम्म अन्य चार प्रकारका प्रोटिनकोस्तरमा पनि तीब्रगतिमा वृद्धि भएको थियो । कतिपय प्रोटिनको वृद्धि हुनु पनि बिरामी हुने लक्षण हो ।
अनुसन्धानकर्ताहरुले कोरोना भाइरस संक्रमणबाट बिरामी भएकाहरुको रगतमा पाँच प्रकारका प्रोटिनको समन्वयको विश्लेषण गरेरै उनीहरुमा गम्भीर लक्ष्यण देखापर्दैछ भन्ने अनुमान लगाउन सहयोग हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्