जल/वातावरण

काठमाडौं उपत्यकामा बढ्दो संक्रमण- शनिबार थपिए ७ सय २४ जना, देशभर १२ सय ७

राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेको छ । दैनिक जसो आधा हजारभन्दा बढी संक्रमित थपिइरहेको उपत्यकामा शनिबार ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय ७ जना थपिंदा उपत्यकामा मात्र सो संख्याका संक्रमित भेटिएका हुन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा २४ घन्टामा ७ सय २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जस अनुसार काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुर ६३ जना संक्रमित फेला परेका छन् ।

यसै गरी २४ घन्टामागरिएको पिसीआर परीक्षणमा मुलुकभर थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

२४ घन्टामा १० हजार १९ पीसीआर परीक्षण गरिएका छन् । शनिबारसम्म ९ लाख ७८ हजार २ सय ४ पीसीआर परीक्षण भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ११ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेको छ ।

त्यस्तै २४ घन्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ । मृतकको संख्या भने ४ सय ६७ पुगेको छ । आइसोलेसनमा १८ हजार ३ सय ४१ जना र क्‍वारेन्टाइनमा ६ हजार ३ सय ३१ जना रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.