राजनीति

राष्ट्रपतिको कार्यालय कागज ठेल्ने अड्डा मात्र होइन

सरकारले गरेका निर्णयहरु नियमित रुपमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने भए पनि त्यसो नगराइएपछि राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्रीलाई पत्र लेखेर मन्त्रिपरिषदका निर्णय तत्काल जानकारी गराउन निर्देशन दिइएको छ ।

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदका निर्णयबारे आफूलाई नियमित रुपमा जानकारी नगराइएको भनी असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ ।

राष्ट्रपतिको कार्यालयले सरकारका निर्णय जानकारी गराउन पत्र काटेपछि यसले अर्को तरंग ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतले मन्त्रिपरिषदबाट हुने निर्णयबारे यहाँबाट नियमित जानकारी गराइएन भन्ने राष्ट्रपतिको गुनासो रहेछ, त्यही अनुसार राष्ट्रपतिको कार्यालयले पत्र पठाएर चासो देखाएको बताएको छच ।

उहाँले त्यो पत्र मुख्य सचिवसमक्ष पेश भएपछि के गर्ने टुंगो लाग्नेछ, तर अहिले मुख्य सचिव विरामी भएर अस्पताल भर्ना भएकाले पत्र अघि नबढेको जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, संविधानको धारा ८१ मा भएको विषयवस्तुबारे राष्ट्रपति कार्यालयले चासो दिएको बताउनुभयो ।

ढकालका अनुसार उक्त धारामा पाँचवटा विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने व्यवस्था छ । पहिलो मन्त्रिपरिषदका निर्णय, दोस्रो संघीय संसदमा पेश गरिने विधेयकबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई अवगत गराउनुपर्छ ।

संवैधानिक व्यवस्था अनुसार, राष्ट्रपतिले यी दुई विषयमा अरु विवरण मागेमा त्यो पनि प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ । त्यसै गरी नेपालको समसामयिक परिस्थितिबारे समेत राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ भने वैदेशिक सम्बन्ध सम्बन्धी विषय प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने छ ।

ढकालले राष्ट्रपतिका प्रेस विज्ञ ढकालका अनुसार, प्रधानमन्त्रीले मन्त्रिपरिषदका निर्णय र संघीय संसदमा पेश गर्ने विधेयकबारे राष्ट्रपतिलाई अवगत गराउनुपर्ने संवैधानिक व्यवस्था केही महिनादेखि टुटेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.