कला/मनोरन्जनकलिउड

अध्यक्ष प्रचण्डलाई मनपर्यो चलचित्र ‘प्रेमगीत ३’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली चलचित्र प्रेमगीत ३ आफूलाई मनपरेको र हेर्न लायक रहेको बताउनुभएको छ ।

आइतबार साँझ चलचित्र हेरेपछि अध्यक्ष प्रचण्डले नेपाली चलचित्र इतिहासमै पहिलोपटक विदेशी भाषा (हिन्दी)मा स्वराङ्कन गरी विश्वभर एकसाथ प्रदर्शन गरिएको ‘प्रेमगीत ३’ले नेपाली चलचित्र जगत्मा नयाँ आयाम थपेको बताउनुभएको छ ।

आइतबार साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले चलचित्र हेर्न लायक बनेको बताउनुभएको हो ।

उहाँले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताउनुभयो । “सन्देशको दृष्टिकोणले म यत्ति भन्न चाहन्छु यो मसलेदार फिल्म छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले नेपालीले बनाएको यो चलचित्र सबैतिर प्रचार भएको भन्दै यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालसँगै चलचित्र हेर्न छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पनि जानुभएको थियो । अध्यक्ष दाहालले ६ः०९ बजेको शो हेर्न चलचित्र भवन पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.