राजनीति

नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको बताउनुभएको छ ।

व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबद्वारा आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताउनुभयो ।

जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको उहाँले  तनहुँलाई नेपालभरको नमूना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उहाँले बताउनुभयो ।

“जिल्लामा बहुवर्षीय योजनाहरू सुरु भइसकेको छ । विकास हुनु भनेको बाटो, कालोपत्र मात्रै नभई जिल्लाको सर्वाङ्गिण विकासका लागि खेलकुद, संस्कृति, वातावरण, खानेपानीको विकास हो ।

जिल्लाले विकासको काँचुली फेर्ने अवस्थापमा रहेको छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “स्वच्छ वातावरणको विकासको अभियानमा हामी लागि रहेका छौँ ।”

सबै ग्रामीण क्षेत्रमा सडक पु¥याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उहाँले बताउनुभयो । खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उहाँले बताउनुभयो ।

विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उहाँले बताउनुभयो । खेलको विकासका लागि देशले सदैव सहयोग गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.