जन सरोकार

डलर देखाएर लुटपाटमा सक्रिय गिरोह प्रहरीको फन्दामा

कोरोना भाइरस संक्रमणका कारण आर्थिक अवस्थामा आएको संकुचनका बेला जो कोहीलाई तत्काल नाफा हुने कुराले आकर्षित नगर्ने कुरै भएन । यस्तै नाफाको कुरा देखाउँदै अमेरिकी डलर सस्तोमा पाउने प्रलोभनमा परेर धेरैले आफ्नो भएको रुपैयाँ लुटाएका छन् ।

पक्राउ

यसरी डलर देखाएर लुटपाट गर्ने एक गिरोह नै सक्रय रहेको र उनीहरुले विभिन्न स्थानबाट लुटपाट गर्दैआएका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लोपटक सूर्यबिनायक नगरपालिका २ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

लुटपाटको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २ लाख ४२ हजार ९ सय ३५ रुपैयाँ, ५ थान मोबाइल, २ थान मोटरसाइकल र २ बण्डल डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो समेत प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका १ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(३ घर भएका ३६ वर्षीय खेल बहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ घर भएका ५६ वर्षीय श्याम बहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन् ।

उनीहरुले यसअघि २०७७ साउन ८ र १९ गते मध्यपुर ठिमी नगरपालिका ९ र ५ बाट ७ लाख रुपैयाँ, २०७७ भदौ ३१ गते मध्यपुर ठीमी नगरपालिका २ बाट ५ लाख रुपैयाँ, २०७७ असोज ६ गते मध्यपुर ठिमी नगरपालिका ९ बाट ९ लाख ८० हजार रुपैयाँ नगद लुटपाट भएको घटनामा समेत उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.