जल/वातावरण

आइतबार थपिए एक हजार ५ सय ७३ संक्रमित, १० जना संक्रमितको मृत्युु

नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार नाघेको छ । आइतबार थपिएका १ हजार ५ ५ सय ७३ जनासंगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा भएको१० हजा १ सय २३ पीसीआर परीक्षणबाट १ हजार ५ सय ७३ जना कोरोना संक्रमित देखिएको जानकारी दिनुभएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ ।

यसै गरी २४ घण्टामा मृतक १० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.