कर्पोरेट/पर्यटन

पर्यटन प्रबद्र्धनमा कूटनीतिज्ञहरु- हाइकिङ सहभागी हुँदै

कोरोना महामारीले थलापरेको नेपालको पर्यटन प्रबद्र्धनमा नेपालस्थित विदेशी कूटनीतिज्ञ तथा राजदूतहरुले पहल थालेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्नुहुने भएको छ ।

गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहनुभएका कूटनीतिज्ञ विश्व पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्न लाग्नुभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमअनुसार कूटनीतिज्ञ बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी बन्नुहुनेछ । हाइकिङपश्चात् दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र डेभिज फल्सको अवलोकन गर्नुहुने जानकारी दिदै भट्टराईले तत्पश्चात फेवातालमा डुङ्गा शयर गर्ने र साँझ फेवातालको बाराही घाटमा गरिने आरती अवलोकन गर्ने कार्यक्रम रहेको जानकारीदिनुभया ।

विश्व पर्यटन दिवसकै अवसरमा साँझ रेष्टुराँ एण्ड बार एशोसिएशन पोखराद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवद्र्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानाका परिकारसहितको सडक महोत्सवमा उहाँहरू सहभागी बन्ने कार्यक्रम छ ।

विगतका वर्षमा विश्व पर्यटन दिवसका दिन पहिलो उडानमार्फत पोखरा आउने विदेशी पर्यटक तथा सवारी साधनमार्फत आउने पर्यटकलाई सम्मान गर्ने तथा अन्य विभिन्न कार्यक्रम गरिने गरिएकोमा विदेशी विशिष्ट कूटनीतिज्ञलाई सहभागी बनाइएको भने पहिलो पटक हो ।

कोरोनाले प्रभावित पोखराको पर्यटनलाई विश्व बजारमा सकारात्मक सन्देश दिनका लागि विदेशी कूटनीतिज्ञको पोखरा भ्रमण फलदायी हुने विश्वास लिइएको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.