जन सरोकारस्वास्थ्य

आज एक हजार २८२ मा सङ्क्रमण पुष्टि, सातजनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै यस अवधिमा सातजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय १५ हजार ४८८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ९२ हजार ३६७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९० हजार ८५४ रहेको छ ।

पछिल्लो समय थप एक हजार २६२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार ४१६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव २ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १७ हजार ५३५ होम आइसोलेशन र एक हजार ३१३ जना संस्थागत आइसोलेशन रहेका छन् । त्यसैगरी ३८५ आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८४८ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २५६ रहेको छ ।

यसै गरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १०३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय तीन लाख १२ हजार ८७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.