कला/मनोरन्जनकलिउड

गीतहरुको भीडमा देशभक्ति र सेनाको गौरबगान (भिडियोसहित)

“आकाश जस्तो विसाल हुन्छ सेनाको यो छाती… हुन राष्ट्रसेवक जनताको रक्षक नेपाली वीर जाति….” यो गीत नेपाली सेनामा समर्पित गीत हो । आज मात्रै हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको यो गीत देशभक्ति मर्दै गएको समयमा सकारात्मक सन्देश बोकेर आएको छ ।

देश र जनताका लागि आफ्नो जीवनको पर्वाह नगर्ने वीर सेनामा समर्पित यो गीतका प्रस्तुतकर्ता रामहरि खड्का हुन् । सेनाको छाती शीर्षकको यो गीतलाई ज्ञानु राणा, यम बराल, विश्व नेपाली र सिर्जना केसीले स्वर दिएका छन् ।

रामहरि खड्का, रोनिश खड्का, राजाराम पौडेल, लालबहादुर गुरुङ, आरुश केसी, सिर्जना केसी, सोनी ढुंगाना, सञ्जना मानन्धर र गोमा गुरुङको अभिनय रहेको गीतको रचनाकार सिर्जना केसी हुन् ।

नितिन चन्दको निर्देशन, मनोज सुवेदीको छायांकन र बलभद्र कुँवरको सम्पादन रहेको यो गीतलाई मूर्तरुप लिन शमशेरदल गुल्म नागार्जुनले सहायता गरेको छ ।

शिखर सन्तोषको संगीत, जगदिश कुमारको एरेञ्ज, किसन श्रेष्ठको मिक्सिङ रहेको गीतको रेकर्डिस्ट फुर्बा पाख्र्रित तामाङ हुने भने गीतको सम्पादन उद्धब प्याकुरेलले गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.