राजनीति

वार कि पारको अवस्थामा शेखर समूह

नेपाली कांग्रेस पार्टी नेतृत्वको मनोमानीबिरुद्ध शेखर कोइराला समूह वार कि पारको स्थितिमा पुगेको छ । समानुपातिक निर्वाचनका लागि सूचीमा व्यापक असन्तुष्ट कोइराला समूह आन्दोलन गर्ने निर्णयमा पुगेको छ ।

सोमबार ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको नेपाली कांग्रेसको शेखर कोइराला समूहले बुधबार पार्टी कार्यालय, सानेपामा धर्ना दिने घोषणा गरेको छ ।

एक सहभागीका अनुसार छलफलमा सहभागीमध्ये कतिपयले बालुवाटारमै धर्ना दिनुपर्ने मत राखेका थिए । तर बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएकाले पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरिएको हो ।

यो समूहले ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति धर्ना’ भन्ने नारा दिएको छ । दबाव अभियानकै निरन्तरता स्वरुप १३ गते चियापान कार्यक्रम गर्ने र त्यतिन्जेल पनि समानुपातिकको बन्दसूची नसच्याए १४ गते बैठक बसेर कठोर निर्णय लिने नेता जगदिश्वर नरसिंह केसीले बताउनुभएको छ ।

कांग्रेसले ३ असोजमा निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीमा यो समूहका १३ जना मात्र छन् । उनीहरुमध्ये पनि ८ जनाले सांसद बन्ने अवसर नपाउने लगभग पक्का जस्तै छ । जबकी देउवा स्वयंमले आफूहरुले अघि सारेका ४४ जनाको नाममा सहमति जनाएको नेताहरुको दाबी छ ।

सभापति देउवाले गठबन्धनको बलमा अर्को पक्षलाई पेलेर अघि बढ्न खोजेको शेखर समूहको निष्कर्ष छ । शेखर समूहको बैठकहरुमा सहभागी एक नेता भन्छन्, ‘समानुपातिकको बन्दसूची त टेलर मात्र हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.