कर्पोरेट/पर्यटन

नेपाल एयरलाइन्सको अनलाइन टिकट बुकिङ सुरु

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले सोमबारदेखि अनलाइनमार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन् । अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले विश्वास लिएको छ ।

निगमले अहिले दिल्ली, मुम्बई, बेङगलोर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.