राजनीति

हरिकृष्ण कार्की कामु प्रधान न्यायाधीश, दीपक कार्कीलाई भूपू प्रधानन्यायाधीश सरहको सुविधा

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावले निकास नपाउँदा सर्वोच्च अदालत कामु प्रधान न्यायाधशिको भरमा अझै लामै समय चल्ने भएको छ ।

मंगलबार हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएपछि वरिष्ठतम् न्यायाधीश कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको हो ।

अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जानुहुनेछ । कार्कीलाई भूपू प्रधानन्यायाधीश सरहको सेवा सुविधा दिने गरी नीतिगत निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.