जन सरोकार

"कोरोना सिंहदरबार प्रवेश नगरेसम्म नियम बनाउनेहरूको चेत नखुल्ने रहेछ"

निषेधाज्ञा हटाएर आवागमन सहज बनाएसंगै देशभर दैनिक थपिने कोरोना संक्रमितमध्ये आधाभन्दा बढी संख्या राजधानी काठमाडौं उपत्यकामा हुने गरेका छन् । आइतबार थपिएका १५ सयमा ७ सयभन्दा बढी उपत्यकामै थिए । यसको कारण उपत्यकाका नगरपालिकाहरुले सीमा नाकामा कडाई गर्न पटकपटक गरेको आग्रहलाई अटेर गर्नु रहेको बताइएको ।

यस्तो स्थिति आउन नदिन समयमै उचित प्रबन्ध गर्न गरिएको आग्रहको बवास्ता गरेको भन्दै उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस सिंहदरबार प्रवेश नगरेसम्म नियम बनाउनेहरूको चेत नखुल्ने बताउनुभएको छ ।

आइतबार रफत् सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उहाँले नगरपालिका फोरमले पटकपटक सिमा नाका कडाइ गर्न गरेको आग्रह अटेर गर्दा भयावह अवस्था आएको फोरमका सचिव श्रेष्ठले देशभरको सङ्क्रमितको सङ्ख्याको ५० प्रतिशत सङ्क्रमित उपत्यकामा देखिनु र नियन्त्रणमा जिम्मेवार निकायले लापरवाहीकै कारण कोरोना नियन्त्रण बाहिर पुगेको बताउनुभयो । “हामीले सीमा नाका कडाइ गरौँ, उपत्यका जोगाउन बाहिरी जिल्लाबाट प्रवेश गर्न नदिऔँ र उपत्यकाभित्र लकडाउन खोलौँभन्दा प्रशासनले मानेन,” उहाँले भन्नुभयो ।

उपत्यकामा डरलाग्दो अबस्थामा सङ्क्रमण बढ्दै समुदायमा फैलिएको बताउदै उहाँले उपत्यकाबाट अव दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना सङ्क्रमणको दर वृद्धि हुने अवस्था रहेकाले सर्तकता अपनाउन आवश्यक रहेको भनाइ राख्नुभयो ।

अब लकडाउनको अर्थ नभएको बताउँदै उहाँले भाइरस सङ्क्रमण बढी भएको क्षेत्रमा निषेधाज्ञा लगाउन भने सकिने बताउदै दशैं तिहारसम्म सङ्क्रमितको सङ्ख्याले एक लाख नाघ्ने बताउनुभयो । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको निषेधाज्ञा कागजमै सीमित बन्दा उपत्यकामा महामारी फैलिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.