राजनीति

अध्यादेश खारेज भएकामा ओलीको आपत्ति

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभभाको बैठक चालू रहेका बेला दल सम्बन्धी अध्यादेश खारेज गरेकामा आपत्ति जनाउनुभएको छ ।

aएमालेले आफूले कारबाही गरेका सासदहरुलाई पदमुक्त नगरेर सभामुखले असंंवैधानिक माम गरेको भन्दै सदन अबरुद्ध गरिरहेको छ । यसबीचमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले अध्यादेश खारेज गरेर सरकारले असंवैधानिक काम गरेको बताउनुभएको हो ।

नेपाल सरकारले गत भदौ २ गते २० प्रतिशत सांसद् वा केन्द्रीय सदस्य पुगेको दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो भने गठबन्धन दलको सहमतिमा यही असोज ११ गते सो अध्यादेश फिर्ता गरेको छ ।

पूर्व प्रधानमन्त्री ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएका कानूनमन्त्री कार्कीसँग उहाँले उक्त अध्यादेश खारेज गर्ने कार्य असंवैधानिक भएको आरोप लगाउनुभएको ओलीको सचिवालयले जनाएको छ ।

सरकारले एमाले र जनता समाजवादी पाटी विभाजनकै लागि सजिलो प्रावधानसहित अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशका आधारमा माधवकुमार नेपालले नेकपा एकीकृत समाजवानी पार्टी गठन गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.