जापान

कान्साईमा स्वास्थ्य बीमा सचेतना सेमिनारको तयारी पूरा

जापानवासी नेपालीहरूका लागि अत्यावश्यक ठानिएको स्वास्थ्य तथा जीवन बीमाबारे अनलाईन सेमिनारको तयारी पूरा भएको छ ।

जापानमा नेपाली तथा विदेशीहरूका लागि बीमा सेवा दिने मिराई लाईफ इन्स्योरेन्ससंगको सहकार्यमा गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले सेप्टेम्वर २९ तारिक बुधबार अपरान्ह ३ बजेबाट कार्यक्रम हुनेछ ।

एनआरएनए कान्साईले नेपाली भाषामा जापानी बीमा तथा सुविधाहरूका बारेमा जानकारी लिने उद्देश्यले मिराई लाईफ ईन्स्योरेन्ससंग सहकार्य गरेर सेमिनार गर्न लागेको हो । बुधबार अपरान्ह ३ बजेबाट पत्रकार तथा मिराई लाईफका प्रतिनिधि आनन्द कोइरालाबाट बीमा बारे जानकारी दिनु हुनेछ ।

एनआरएनए जापान कान्साईको ‘एनआरएनए कान्साई’ नामक फेसबुकबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने संयोजक दिलिप शर्मा गैरेले जानकारी दिनु भयो ।

कार्यक्रममा जापानवासी नेपालीहरूमा बढदो स्वास्थ्य जोखिमसंगै यसपश्चात परिवार र समुदायमा परेको असरका बारेमा विस्तृत रूपमा छलफल हुनेछ ।

यस अघि एनआरएनए कान्साईले विदेशमा नेपालीहरू अनलाईन किनमेल लगायतका बढदो अनलाईन ठगीका विषयमा अनलाईन सेमिनार गरेको थियो ।

जापानमा नेपालीहरूको बढदो मृत्यु तथा स्वास्थ्य बीमा नहुँदा परिवार र समुदाय पर्ने असरका बारेमा बृहत जानकारी पाइने अपेक्षा गरिएको छ । थप जानकारीका लागि एनआरएनए कान्साई तथा मिराई लाईफ ईन्स्योरेन्ससंग सम्पर्क राख्न आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.