आसामकी बाइकर्स मिनाक्षी दास नेपालमा बाइक यात्रा गर्ने
भारत आसामकी सुपरिचित महिला बाइकर्स, मोटोब्लगर, फिटनेस ट्रेनर एवं पर्यटकीय ठाउँहरुको खोजकर्ता मिनाक्षी दास आउँदो अक्टोबरदेखि नेपालको एकल बाइक यात्रा गर्ने भएकी छिन् ।

१ अक्टोबरका दिन आसामबाट सुरु हुने उनको बाइक यात्रा २ अक्टोबरमा काँकरभित्ताबाट नेपालको यात्रा सुरु हुनेछ । उक्त यात्राको क्रममा नेपालको हेटौंडा, मुग्लिन, पोखरा, जोमसोम, मुक्तिनाथ, मनाङ मुस्ताङ हुँदै काठमाडौको विभिन्न धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थान लगायत नेपालीहरुको महान चाड दसैं तिहार सहित विविध जनजातिको पर्व, संस्कार, संस्कृतिको पनि नजीकबाट स्थलगत अध्ययन, निरीक्षण गर्ने एवं सोको प्रवर्द्धन गर्ने भएकी छिन ।
काठमाडौबाट उनको यात्रा सिन्धुली हुँदै पुनः बर्दिबास भएर पुनः काँकरभित्ता हुँदै १५ अक्टोबर २०२२ आसामको राजधानी गौहाटीमा को टुंगिने कार्यक्रम रहेको छ ।
उनको यात्राको शुभारम्भ आशामका मुख्यमन्त्रीले गर्ने छन भने काठमाडौमा प्रेमगीत ३ टिम लगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।उक्त यात्राको क्रममा उनले चर्चित नेपाली फिल्म प्रेम गीत ३ को पनि प्रवर्द्धन गर्ने भएकी छिन् ।
उनको यात्रालाई लिएर भारतमा आजादीको अमृत महोत्सव समिति कालेबुङ दार्जिलिङ जिल्ला एवं नेपालमा युथ फर सेवा एवं प्रेम गीत ३ चलचित्र टिमले स्वागत गर्ने चलचित्रका कार्यकारी निर्माता चक्रबहादुर चन्दले जानकारी दिनुभएको छ ।
स्मरण रहोस् महिला बाइकर्स दासले एक अब्बल बाइकर्सको रूपमा आफ्नो पहिचान कायम राख्दै विभिन्न कीर्तिमान हासिल गरेसकेकी छिन् । हालै भारतको उपराष्ट्रपतिले आफ्नो निवासमा आमन्त्रण गरी सम्मानित समेत गरेका छन् ।
उनको नेपाल बाइक यात्राको उद्देश्य भारत नेपाल बीचको पराम्परागत दिगो भातृ सम्बन्धलाई अझ प्रगाढ बनाउनु एवं नारी सशक्तीकरण माथि केन्द्रित रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्