राजनीति

शेखर समूहको आन्दोलनको चेतावनीपछि पछि हट्दै देउवा

नेपाली कांग्रेसका सभापति तथा पार्टी नेतृत्वले समानुपातिक उम्मेदवार चयनमा मनोमानी गरेको भन्दै आन्दोलनको घोषणा गरेको शेखर कोइरालाा समूहलाई मनाउन बैठक चलिरहेको छ ।

शेखर कोइराला पक्षलाई समानुपातिक सूचीमा ४० प्रतिशत भाग नदिएको आरोप छ । ११० जनाको नाम प्रतिनिधि सभातर्फ समानुपातिकमा बुझाउँदा कोइराला पक्षका १४ जनाको नाम मात्रै समावेश छ ।

कम्तिमा ३० देखि ४० प्रतिशत संस्थापनइतरलाई समावेश गर्न माग गर्दै आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले धर्ना दिने घोषणा गरिसकेका छन् ।

संस्थापनइतर समूहका नेताहरूले समानुपातिक उम्मेदवारको सूची असोज १४ भित्र सच्याउन माग गर्दै आन्दोलनका कार्यक्रम नै गर्ने भएपछि सभापति देउवा दवावमा हुनुहुन्छ ।

चर्को दवावकाबीच प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी छलफलमा जुट्नुभएको छ ।

सभापति देउवाले मंगलबार समानुपातिक उम्मेदवार सूची संशोधन गर्न तयार रहेको बताएका थिए। मंगलबार नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर जान सभापति देउवालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.