कला/मनोरन्जनकलिउड

भूटानी अभिनेत्री उदेनको अनुभवमा नेपाली कलाकार

नेपाली चलचित्र ‘२ नम्बरी’ मा नायिकाको रुपमा भूटानी अभिनेत्री उगेन छोदेनले अभिनय गर्नुभएको छ । नेपाली भाषा बुझ्ने र बोल्ने उदेनले नेपाली फिल्म अभिनय गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पहिलो काममा नै राम्रो अनुभव सँगालेकी छु ।

मलाई सम्पूर्ण टीमले सघाउँदा काम गर्न सजिलो भयो । छायाङ्कनकै क्रममा नेपाली भाषा समेत सिके ।” उहाँले फिल्ममा भूटानबाट नेपाल घुम्न आएकी युवतीको भूमिका निर्वाह गर्नुभएको छ ।

उगेनलाई नेपाली फिल्ममा स्वागत गर्दै अभिनेता दयाहाङ राईले कलाकारितासँगै बजार र संस्कृति पनि जोडिएको बताउनुभयो । “उगेनजीसँगै हाम्रो बजार भूटानमा केही भए पनि विस्तार हुन्छ ।

साथै संस्कृति पनि दुवै देशको जोडिएर पर्दामामार्फत प्रवद्र्धन हुन्छ”, अभिनेता राईले बताउनुभयो । उहाँले फिल्मसँग स्क्रिप्टदेखि नै जोडिएको जनाउँदै राम्रो विषयवस्तु उठान गरिएको बताउनुभयो ।

निर्देशक दीपेन्द्र लामाले गम्भीर विषयवस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । “हामी आफ्नै कथालाई फिल्मी शैलीमा प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माणमा जुटेका थियौँ । यसले मित्रता र मायासँगै सामाजिक विषयवस्तुलाई उठान गरेको छ”, निर्देशक लामाले भन्नुभयो ।

आयोजित पत्रकार सम्मेलन कलाकारहरु उपासना सिंह ठकुरी, पुस्कर गुरुङ, प्रस्तुतकर्ता किरण नेपालीसँगै निर्माता रहनुभएका गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री राजीव गुरुङको उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.