जापान

प्रधानमन्त्री सुगा उत्तर कोरियासंग सम्बन्ध सुधार्न विनासर्त किमलाई भेट्न तयार

लामो समयदेखि कटुतापूर्ण सम्बन्ध रहेको उत्तर कोरियासंग सम्बन्ध सुधारको संकेत जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले दिनुभएको छ । उहाँले उत्तर आफ्नो कार्यकालमा उत्तर कोरियाँसंग सम्बन्ध राम्रो गर्ने अवसर नगुमाउने समेत बताउनुभएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनसँग शतरहित भेट्न चाहेको बताउँदै प्रधानमन्त्री सुगाले भन्नुभयो, “जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन ।” भन्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उहाँले उत्तर कोरिया र जापानबीचको सम्वन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले जापान—डिपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै त्यस अनुसार नै सम्वन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गर्नुभयो ।

“आपसी सम्वन्ध र परमाणु सम्वन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बीचमा रचनात्मक र सन्तुलित सम्वन्धको पक्षमा नै आफु रहेको पनि जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो, “हामी हाम्रो दुई पक्षीय कारणले मात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पुर्याउनु पर्दछ, त्यसैले हामी बीचमा सहकार्य र सुमधुर सम्वन्धको आवश्यकता छ ।” उहाँले आफु आफ्ना प्रतिबद्धता र उद्देश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.