जल/वातावरण

मंगलबार थपिए १ हजार ५ सय १३ कोरोना संक्रमित, कुल संख्या ७६ हजार नाघ्यो

मंगलबार देशभरका प्रयोगशालामाा गरिएको पिसीआर परीक्षणबाट २४ घण्टाको अवधिमा १ हजार ५ सय १३ जनामा कारोना संक्रमण भएको पुष्टि भएको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ३१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २० हजार ३ सय ९६ जना छन् भने ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.