सप्तरी र रौतहटबाट बालिका बलात्कार गर्ने दुईजना पक्राउ
देशका विभिन्न भागमा बालिका बलात्कारका घटना बढ्दै गएका बेला मंगलबार प्रहरीले सप्तरी र रौतहटबाट बालिका बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । समाचार अनुसार ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ ।

डित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो ।
पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
यसै गरी रौतहटको कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दासलाई बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले दिएको जानकारी अनुसार अभियुक्तले सोमबार राती सोही टोलकी १५ वर्षीया बालिका बलात्कार गरेको आरोप छ ।
प्रनाउ रावलले पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको बताउनुभयो । बालिकाको जिल्ला अस्पताल गौरमा आज स्वास्थ्य परीक्षण गरिएको थियो ।