प्रदेशमधेश

अख्तियारद्वारा मुख्यमन्त्री कार्यालयमा छापा

'बेटी पढाउ, बेटी बचाउ' कार्यक्रममा वितरित साइकल खरीदमा अनियमितताको उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं. २ सरकारले संचालन गरेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा अनियमितता भएको आशंकामा मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको छ ।

अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको टोलीले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत वितरण गरिएको साइकल खरीदमा अनियमितता भएको आशंकामा छापा मारेको हो ।

सो कार्यक्रम अन्तर्गत साइकल खरीदमा ठूलो अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यस सम्बन्धी कागजात लिन छापा मारेको हो । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.